राकेश यादव ।। रौतहट ।। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक दिलिप घिमिरेले सुख्खा मौषमको आगमन भएकोले आगोको प्रयोग साबधानी पुर्बक गर्नु पर्ने बताएका छन्।
गर्मीको समयमा जथाभावी आगो प्रयोग गर्नाले जन्धनको क्षति पुग्ने जोखिम भएकोले आगो साबधानी पुर्बक प्रयोग गर्न उहा आग्रह गरेका हुन।
जिल्लामा आगलागीको घटना बढ्दै गएको बेलामा हुन सक्ने दुर्घटना न्युनिकरण गर्नको लागि सचेत हुनु आवश्यक रहेको बताए।
घरमा सलाई, लाइटर, पेट्रोलियम पदार्थ, ग्यास सिलिन्डर सुरक्षित स्थानमा राख्नु पर्ने भन्दै प्रहरी उपरिक्षक घिमिरे बाल बालिकाको पहुच बाट यस्ता सामाग्री टाढा राख्नु पर्ने सुझाव दिए।
घिमिरेले घरमा राख्नु पर्ने बहुमुल्य समान, नगद,महत्वपूर्ण कागजपत्र सुरक्षित रुपमा राख्नु अपिल गर्दै तेज हावाहुरी चलेको बेला घरमा तथा घर बाहिर खेत, खलिहान लगायतका सार्बजनिक स्थानको आगोको प्रयोग नगर्न सर्बसाधारण संग अनुरोध समेत गरेका छन।
चालु आर्थिक बर्षको चैत्र सम्म रौतहट जिल्लामा आगलागीका ११४ वटा घटना घटेका छन्। आगलागीको घटनामा २ करोड भन्दा बढीको क्षति भएको हो।
प्रज्वल्नशिल पदार्थ तथा आगोको अव्यवस्थित व्यवस्थापन ले गर्दा आगलागीको घटनामा वृद्धि भएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार चैत्र २५ गते सम्म ११४ वटा घटना घटेको छ। घटनामा २ जना महिलाको मृत्यु भएका छन् भने ८ जना पुरुष, १ जना बालक घाइते भएका छन। आगलागीमा १९ वटा चौपायाको जलेर मृत्यु र २५ वटा चौपाया घाइते भएको हो।
८ वटा पक्कि घर, १६ वटा कच्ची घर तथा १५ गोठ र १ वटा सार्वजनिक क्षति भएको छ। आगलागीको घटनामा ५०१ जना प्रभावित भएकोमा आगो नियन्त्रणको लागि ५६२ जना प्रहरी परिचालन गरिएको तथ्यांक रहेको। आगलागी बाट चैत्र महिनाको २५ गते सम्ममा ८५ लाख १९ हजार मूल्य बरावारको क्षति भएको छ। चालु आर्थिक बर्षको साउन देखि फाल्गुन सम्ममा १ करोड ९७ लाख ७४ हजारको क्षतिको आक्लन गरिएको छ।
आगलागीको ११४ घटना, जथाभावी आगो प्रयोग नगर्न प्रहरीको आग्रह
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।