प्रेमचन्द्र झा
राैतहट ।। कृषि क्वरेन्टाईनकाे अभावमा गाैर भन्सारबाट समान भित्रयाउन व्यापारीलाई असहज हुने गरेका छन।यस भन्सार कार्यालयका कर्मचारीलाई सधै भरी काम दिनका लागि पनि कृषि क्वरेन्टाईन आवश्यक रहेको गाैर भन्सार प्रमुख अमरेन्द्र सिहले बताए । पछिल्लो छ महिनामा काेयला तथा टायल्स मार्बल सहितको अन्य निर्माण सामग्रीकाे आयात भई रहेकाले लक्ष्य भन्दा बढी नै राज्शव संकलन भएको प्रमुख सिहले बताए । गाैरमा भन्सार कार्यालय २०३३ सालमा स्थापना भएको हो । गाैरको तुलनामा २०३७ सालमा स्थापना भएको मलंगवा भन्सार कार्यालयमा कृषि कवरेन्टाईन छ तर गाैरमा यसको आवश्यकता हुदा हुदै पनि किन नभई रहेकोमा राैतहट ऊधोग वाणिज्य संघका अध्यक्ष पण्डित प्रसाद जयसवालले आश्चर्य प्रकट गरेका छन । । आफुहरु यसका लागि सर्व दलिय सर्वपक्षीय भेला गरेर सम्बन्धित निकायसंग माग गरेपनि हाल सम्म सुनुवाई नभएकोमा अध्यक्ष जयसवालले दुख व्यक्त गरे । क्वरेन्टाईनका लागि आवश्यक पर्ने भाैतिक संरचना लगायत हरेक सहयोग गर्न तयार रहेको उनले बताए । बिरगंज र मलंगवा भन्सारको तुलनामा भारतको सितामढी ,मुजफ्फरपुर,मोतिहारी,सिमान, चकिया, बेतियाबाट समान ल्याउन गाैर भन्सार नाका छोटो तथा कम भिडभाडको बाटो भएर छिटो छरितो ढंगले समान आयात गर्न सकिने गाैर भन्सारका ईजाजत प्राप्त एजेन्ट काैशल साह कानुले बताए । कृषि कवरेन्टाईनको अभावमा हामी पनि बेरोजगार भएको उनले बताए । काम बढाउन र राजश्व बढाउन
आलु ,प्याज ,धान ,चमाल,मकै,दाल,फास्ट फुड र पलानट संग रिलेटेड आईट आयात हुन नसकेको ऐजेन्ट साहले बताए ।
कृषि मन्त्रालयमा पटक पटक आग्रह गर्दा कुनै सुनुवाई नभएको कारण कवरेन्टाईन स्थापना हुन नसकेको हो ।
क्वरेन्टाईनकालाई आवश्यक सबै संरचना पुगेका छन । यसैगरी गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ । कार्यालयले साउनदेखि पुससम्म १४ करोड ६७ लाख ५५ हजार राजस्व सङ्कलन गर्न सफल भएको गौर भन्सार कार्यालयका प्रमुख सिंहले जानकारी दिएका हुन् ।
भन्सार विभागले आव २०८१/८२ का लागि ३५ करोड ४३ लाख ७८ हजार राजस्व सङ्कलनको लक्ष्य दिएकामा पुस मसान्तसम्ममा १४ करोड ६७ लाख ५५ हजार सङ्कलन गरेको उनले बताए । यो साउनदेखि पुससम्मको लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन भएको प्रमुख सिंहले जानकारी दिए ।भन्सार प्रमुख सिंहका अनुसार, यो छ महिनामा सबैभन्दा बढी पुसमा तीन करोड ४७ लाख १४ हजार सङ्कलन भएको छ । यो महिना लक्ष्य भन्दा १७ प्रतिशत बढी रकम राजस्व सङ्कलन भयो । यस वर्ष गौर भन्सार कार्यालयले विभागले दिएको लक्ष्य भेट्टाउने किसिमले काम गरिरहेका छन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here