रौतहट ।। नेपाल सरकारले ल्याउन लागेको मिडिया काउन्सी, समाजिक संजाल विधेयक लागु भएमा मुलुकमा नयाँ तानाशाह उत्पन्न हुने भन्दै रौतहटका संचारकर्मीहरु उक्त विधयेकको खारेजीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । श्रमजीवी पत्रकार संघ रौतहटको ब्यानरमा रौतहट सदरमुकाम गौरको बीपी चोकबाट मंगलवार संचारकर्मीहरु मुखमा कालो टेप टाँसी विभिन्न प्ले कार्ड बोकेर जिल्ला प्रशासन पुगेका थिए ।
जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको अनुपस्थितिमा प्रशासकीय अधिकृत मनिष झालाई ज्ञापन पत्र बुझाउदै सरकारले मिडिया काउन्सीललाई संकुचित पार्नका निमित्त यस्ता विधेयक ल्याउन लागेको गम्भीर आरोप लगाए ।
संचारकर्मीहरु मुखमा कालो टेप टाँसेर मौन जुलुश निकाल्दा सरकारलाई लाज लाग्नुपर्ने हो, अभिव्यक्ति स्वतन्त्रताका लागि यत्रो बलिदानी पश्चात आएको संघिय लोकतान्त्रिक गणतन्त्रमा मिडिया माथि अंकुश लगाएर सरकार तानाशाह बन्न खोजिएकोमा गम्भीर आपत्ती जनाउदै अविलम्ब उक्त विधेयकलाई खारेजी गर्नु बाहेक अन्य कुनै विकल्प नरहेको सन्देश दिन साँकेतिक रुपमा विरोध जनाउदै ज्ञापन पत्र बुझाइएको श्रमजीवी पत्रकार संघका जिल्ला अध्यक्ष सन्तोष पौडेलले बताए ।
उक्त विरोध कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखाका पूर्व अध्यक्ष रबीन्द्र प्रसाद साह सहित श्रमजीवि पत्रकार संघका पदाधिकारीहरु तथा संघ बाहिरका संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here