वीरगन्ज ।। सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई वीरगन्ज लगिएको छ। रास्वपाका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि नाराबाजी गरेका छन् । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि ५० दिनभन्दा बढी समय प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई सोमबार पर्सा लगेपछि कार्यकर्ताहरूले नाराबाजी गरेका हुन् ।
कास्की प्रहरीको हिरासतबाट उनलाई प्रहरीले काठमाडौँ विमानस्थल ट्रान्जिट बनाएर सोमबार पर्सातर्फ लगेको हो ।
रविमाथि सहकारी ठगी प्रकरणमा पर्सामा पनि उजुरी परेपछि उनीमाथि पक्राउ पुर्जी जारी भइसकेको छ । यसअघि रविका समर्थकले सिमरा विमानस्थलमा पनि प्रदर्शन गरेका थिए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।