काठमाडाै ।। विद्रोही समूहले सिरियाको राजधानी कब्जा गरेपछि राष्ट्रपति बसर अल असाद देश छाडेर भागेका छन् । इस्लामी विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस)ले राजधानी कब्जा गरेपछि राष्ट्रपति असाद देश छाड्न बाध्य भएका हुन् ।
सन् २०११ मा राष्ट्रपति असादविरुद्ध शान्तिपूर्ण विरोध सुरु भएको थियो । त्यहि विरोध पछि गृहयुद्धमा परिणत हुँदै क्षेत्रीय युद्दामा परिणत भएको थियो । यो गृहयुद्धमा रुस, इरान र इरान समर्थित मिलिसिया सिरियाको पक्षमा र अमेरिका विद्रोही एचटिएसको पक्षमा उभिएका थिए । त्यसबेलादेखि हालसम्म युद्धमा पाँच लाखभन्दा बढी मानिस मारिइसकेका छन् भने एक करोड २० लाख जना विस्थापित भएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।