रौतहट ।। रौतहट क्षेत्र नं. २ ख का विधायक कनिस पटेलले, तनै तहको सरकारले कर्मचारीहरुलाई विभेद गरेको बताउनु भएको छ । एकीकृत सरकारी कर्मचारी संगठन नेपाल तथा एकीकृत स्वास्थ्यकर्मी संगठन नेपालले शुभ दिपावली एवम् छठ पर्वको शुभ अवसरमा आयोजीत शुभकामना अदानप्रदान कार्यक्रमको प्रमुख आतिथ्यबाट बोल्दै विधायक पटेलले, संघको कर्मचारीलाई २४ क्यारेट प्रदेशकोलाई २२ क्यारेट र स्थानीयलाई १८ क्यारेटमा विभेदपुर्ण वर्गीकरण गर्नुको कारण कर्मचारीहरु विच्चलीमा परेको बताए । सवै तहको कर्मचारीहरुलाई २४ क्यारेट अर्थात एक सम्मान गर्नु पर्ने विधायक पटेलले भन्दै, हामी र हाम्रा पार्टी सदैव कर्मचारीहरुको मागँ प्रति प्रतिवद्ध रहेको बताए ।
गौर नगरपालिका नगर प्रमुख शम्भु साहले, सरकारले कर्मचारीहरुलाई बन्धक बनाएर राखेको बताउनु भएको छ । सरकारले तत्कालै कर्मचारी विधेयक लयाउनु पर्नेमा जोड दिदै, मेयर साहले, कार्यक्रममा मात्र संगठनका कर्मचारी साथीहरु भेटनु हुन्छ अन्य समयमा पनि सहयोग साटा साटको लागी भेटघाट गर्नु पर्ने बताए ।
कार्यक्रमका वक्ताहरुले संघियता पूर्णरुपमा कार्यन्वयन गर्ने छिटो भन्दा छिटो निजामती ऐन समग्रतालाई समेटेर आउनु पर्नेमा जोड दिएका थिए । रौतहटको गौरमा आयोजीत शुभकामना अदानप्रदाद कार्यक्रम एकीकृत स्वास्थ्यकर्मी संगठन नेपालका रौतहट अध्यक्ष गौरीशंकर प्रसादको अध्यक्षता भएको थियो भन्ने एकीकृत सरकरी कर्मचारी संगठन नेपाल संस्थापक अध्यक्ष मोहन घिमिरे केन्द्रीय अध्यक्ष यम खत्री उपाध्यक्ष दिनेश लम्साल, सुरेन्द्र ठाकुर लगायतले आफ्ना मन्तव्य राखेका थिए । कार्यक्रम रौतहट, सलार्ही र वाराका संगठनका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।
Home प्रदेश समाचार मधेश प्रदेश सवै तहको कर्मचारीहरुलाई २४ क्यारेटकै रुपमा राख्नु पर्ने :- विधायक पटेल
सवै तहको कर्मचारीहरुलाई २४ क्यारेटकै रुपमा राख्नु पर्ने :- विधायक पटेल
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।