रौतहट ।। यातायात व्यवस्था कार्यालय रौतहट गौरबाट सवारी अनुमती पत्रलाई सेवाग्राहीलाई ट्रायल र प्रयोगात्मक परिक्षामा पास गराइदिने भनेर रकम ठगी गर्ने दुईजना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।
गौरको ट्रायल सेन्टरमा बिचौलियाले लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग रकम असुलेको गुनासो आएपछि दुईजना बिचौलियालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता एवम् डिएसपी एलिजा गिरीले बताइन्।
पक्राउ पर्नेमा चितवन भरतपुर–१० बस्ने ४५ वर्षीय रमेश पाठक र गौर नगरपालिका–१ बस्ने ४८ वर्षीय श्यामनारायण साह रहेका छन्। पक्राउ परेका दुवैजनामाथि मुद्दा दर्ता तथा म्याद थपको प्रक्रिया जारी रहेको तथा प्रक्रिया पूरा भएपछि घटनाबारे पूर्ण विवरण सार्वजनिक गर्ने डिएसपी गिरीले बताइन्।
पछिल्लो समय यातायात कार्यालय गौरमा स्थानीयदेखि काठमाडौंसम्मका दर्जनौं बिचौलियाले लाइसेन्स बनाइदिन्छु भन्दै रकम लिने गरेको स्थानीयको भनाइ छ । प्रयोगात्मक परीक्षा पास गराइदिने भन्दै उनीहरूले एकजनाबाट १० देखि ३० हजार रुपैयाँ लिने गरेका छन्। रौतहट यातायात कार्यालयमा कार्यालय कर्मचारी र सेटिन्ङ्ग कर्ता बिच रकमी चलखेल हुने गरेको कुरा घटनाले स्पष्ट पारेको छ । एउटा मोटरसाइकलको लाइसेन्स बनाउन बिचौलियाले १० देखि १५ हजार लिने गरेको र ४ पाग्रेको लाइसेन्स बनाउनको लागि १५ देखि २५ हजार सम्म लिने गरेको एक स्रोत बताउछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here