रौतहट ।। रौतहटको गढीमाई नगरपालिकाको समनपुरमा तीन हजार बिरामीको लक्ष्यसहित नेपाली सेनाले वृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। नेपाली सेना मध्यपूर्वि पृतनाको मार्ग निर्देशन, २८ नम्बर बाहिनी अड्डाको पहल, वीरदल गण र गढिमाई नगरपालिकाको सहकार्यमा वडा नम्बर १ समनपुररको शंकर गुदर माविको प्राङ्गणमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
सरोकारवाला निकायहरूको सहभागितामा विपन्न र स्वास्थ्यको पहुँचबाट बञ्चित समुदायहरूलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको वीरदल गणका गणपति कर्णेल गंगाबहादुर विष्टले बताए । शिविरमा बाल रोग, स्त्री रोग, नाक, कान, घाँटी, दिर्घ रोगी, नेत्र रोग (आँखा परिक्षण), छाला रोग, लगायत विभिन्न रोग परिक्षणको समुचित व्यवस्थापन मिलाइएको थियो । उक्त व्यवस्थापन गर्दा करिव दुई हजार १ जना विरामीहरु आउटडोरमा स्वास्थ्य परिक्षण गराएर औषधीको साथै चिकित्सकहरुले उनीहरुलाई आवश्यक सलाह दिएको कर्णेल विष्ट बताए । सो शिविरमा चितवन मेडिकल कलेज, सिभिल होस्पिटल चन्द्रपुर, प्रादेशिक अस्पताल गौरको चिकित्सकहरुद्धारा विरामीको स्वास्थ्य परिक्षण गरिएका थिए भने नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल, नेपाल आई केयर सेन्टर गौर, त्रिनेत्र आँखा अस्पताल गौरले ९७६ जना विरामीको आँखाको परिक्षण गरे । जसमा ७८ जनालाई मोतिया विन्दु भएकालाई निशुल्क शैल्यक्रिया गरिने, ३३६ जनालाई चश्मा र ३९८ जनालाई औषधी वितरण गरिएको कर्णेल विष्टले जानकारी दिए ।
शिविरको उद्घाटन कार्यक्रममा गढीमाई नगर प्रमुख श्यामबाबु यादवले स्वास्थ्य शिविरबाट गरीब तथा आर्थिक रुपले विपन्न समुदायले आफ्नै घरदैलोमा विशेषज्ञ चिकित्सकहरूद्वारा स्वास्थ्य लाभ लिन पाउनु नगरबासीको सौभाग्य रहेको विचार राखे।
नेपाली सेनाको डाक्टर, प्रादेशिक अस्पताल गौर, चन्द्रपुर अस्पताल, गौर आँखा अस्पताललगायतबाट गरी २४ जना डाक्टरको टोलीले शिविरमा उपचार गरिरहेका छन्। अहिलेसम्म १५ सय बिरामीको उपचार भइसकेको कर्णेल विष्टले जानकारी दिएका छन्।
शिविरमा बेलुकी ६ बजेसम्म उपचार हुने आयोजकले जनाएको छ। अंग्रेज सेनालाई नेपालीले हराएर धपाएको ऐतिहासिक गाउँ समानपुरमा नेपाली सेनाले पटक-पटक विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ।
सेनाद्धारा समनपुरमा एक दिने निशुल्क स्वास्थ्य शिविर आयोजना
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।