रौतहट ।। नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले “हाम्रो पार्टीलाई सानो र कमजोर ठान्ने भुल नगर्नुस, यदी सानो ठान्यो भने उलट पलट हुन सक्ने बताउनु भएकाे छ । राजा विरन्द्र देखि ज्ञानेन्द्र सम्म र ठुलठुला नेताहरू संग लडदै आएकाे भन्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले राैतहटकाे विकास सधै सहयाेग गर्दै आएकाे र सधै गर्ने बताए ।
रौतहट सदरमुकाम गौर नगरपालिका वडा नम्वर २ महादेवपर्टी स्थित बाणेश्वर महादेव स्थान नजिक लालबकैया नदीमा निर्माण सम्पन्न भएको झुलुंगे फुलको शुक्रवार उदघाटन गर्दै उक्त कुरा बताएका हुन् ।
उदघाटन समारोहलाई सम्बोधन गर्दै रौतहट क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य तथा पूर्व प्रधानमन्त्री नेपालले नेकपा एसलाई सानो वा कमजोर ठान्ने भुल गर्यो भने त्यो सह्य हुन सक्दैनन् सत्ता गठबन्धन प्रति संकेत गर्दै उनले भने हाम्रो भूमिका कसै भन्दा कम छैनन्, हामी कसैको दास होइनौं, कसैको इशारामा हिड्दैनौं, हामी स्वाभीमानी छौं र हाम्रो आफनै मूल्य मान्यता एवं महत्व रहेकोमा कम आक्नेले ठूलै भुल गर्ला जस्ता अभिव्यक्ति उनले दिए ।
सुदुर पश्चिममा ४ सिट हाम्रो रहेको हुँदा अहिले हाम्रै मुख्यमन्त्री रहेको बताउदै वागमती, मधेश, सहितका प्रदेशमा हाम्रो सहभागीता विना सरकार बनाउने कल्पना समेत गर्न नसकिने भएकोमा हाम्रो महत्व कसै भन्दा कम नरहेको ठहर गरे ।
गौर नगरपालिकामा हाम्रो पार्टीका मेयर छ, गौरको विकास निर्माण एवं समाजिक विकासको कार्यहरुमा अहिले सम्म देशमै उत्कृष्ठ स्थान बनाउन सफल भएको हुँदा यस्तै अन्य पालिकाहरुले सिकेर आ आफनो पालिकालाई समुन्नत बनाई पालिकाबासीलाई गौरवान्वीत बनाउने अवसरहरु प्रदान गर्न गराउने कार्यमा मेयरहरु अहोरात्र खटिनुपर्ने सुझाव दिए ।
गौर नगरपालिकाको मेयर शम्भु साहले निर्वाचनको समयमा नगरवासी संग गरेको वाचालाई पुरा गर्दै मधेश प्रदेशकै दोश्रो ठूलो झुलुंगे पुल निर्धारित समय अगावै निर्माण पुरा गराएर नगरवासीलाई ओहरदोहर गर्न खुला गरिएको चर्चा गर्दै समाजिक विकासको कार्यहरु होस वा विकास निर्माणको कार्य किन नहोस सबै क्षेत्रमा गौरले फड्को मारेर मधेश प्रदेशकै अन्य पालिका भन्दा धेरै अघि बढिसकेकोमा नगरवासीलाई बधाई समेत दिए ।
इ विडिंग मार्फत बोलपत्र आह्वान गर्दा लेखराज हिमशिख जेभी बत्तिसपुतली काठमाडौंले ४ करोड २७ लाखमा २५९ मिटर लामो झुलुंगे पुल निर्माण गर्न २०५९ साल चैत १९ गते सम्झौता गरेर एक बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य लिएकोमा २०८० चैत १८ गते निर्माण कार्य पुरा भइसकेको निर्माण कम्पनीले नगरपालिकालाई जानकारी गराएपछि आज एक समारोहका विच पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल उदघाटन गर्दा स्थानीय बासिहरु निकै हर्षित हुँदै नगरपालिका प्रति आभार व्यक्त गरेको गौर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुरले जानकारी दिए ।
उदघाटन समारोहमा पूर्व मन्त्री एवं पूर्व राजदूत डा. बंशिधर मिश्र, पूर्व साँसद कल्याणी खड्का, संविधान सभा सदस्य सरला यादव, प्रदेशका विना विभागीय मन्त्री बेची लुंगेली प्रदेश सभाद्वय सदस्य नागेन्द्र साह र किशोरी देवी दास, राजदेवी नगरपालिकाको मेयर भिखारी यादव, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, प्रहरी उपरिक्षक दिलिप घिमिरे, रेबन्त झा, जिल्ला अध्यक्ष कमल यादव, विरेन्द्र साह सहितका नेता एवं समाजसेवीहरुको उपस्थिति रहेको नगरका प्रवक्ता एवं वडा नम्वर ९ का वडाध्यक्ष अर्जुन सिंहले जानकारी दिए । सोही कार्यक्रममा पुल बनाउनमा चार जनाको जग्गादातालाई माधवकुमार नेपालले सम्मानित गर्नुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here