जनकपुरधाम ।। इजरायलमा हमास समूहको आक्रमणमा मारिएका धनुषाका आनन्द शाहका परिवारलाई मधेश सरकारले आर्थिक सहयोग गरेको छ । गत असोज २० मा धनुषाको लक्ष्मीनिया गापा ४ का शाह हमासको आक्रमणमा मारिएका थिए । घटनाको ६ महिनापछि मधेश सरकारले उनको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ ।
मृतक शाहका बुबा सोमन शाहलाई मुख्यमन्त्री सरोज कुमार यादवले ५ लाखको चेक हस्तान्तरण गरेका छन् । घटनालगत्तै मुख्यमन्त्री यादवले आर्थिक सहयोगको घोषणा गरेका थिए ।
सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत टीकापुर मल्टिपल क्याम्पसमा एग्रिकल्चरमा बीएससी पढेका शाह अभ्यासका लागि इजरायल पुगेका थिए । उनी एक्लो छोरा थिए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।