वीरगञ्ज ।। वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको ९ महिनामा ३६ करोड ७६ लाख नौ हजार तीन सय ९८ राजस्व संकलन गरेको छ। महानगरले २४ वटा शीर्षकमा राजस्व संकलन गर्दै आएको छ ।
महानगरका अनुसार चालु आवमा सम्पत्ति कर शीर्षकमा १२ करोड ७० लाख ४३ हजार सात सय ८२ संकलन भएको छ। घरबहाल करबाट ४ करोड ५५ लाख ७५ हजार आठ सय ६७ रहेको छ ।
गत आवको ९ महिनाको तुलनामा चालु आवमा २ करोड ९५ लाख बढी राजस्व संंकलन महानगरले गरेको जनाएको छ । गत आवको ९ महिनामा ३३ करोड ८० लाख ५४ हजार तीन सय ६० राजस्व संकलन भएको थियो ।
वीरगञ्ज महानगरले गत आवभरिमा ५७ करोड एक लाख ७३ हजार दुई सय एक राजस्व संकलन गरेको थियो। त्यसैगरी, महानगरले आव २०७८र७९ मा भने ५१ करोड २२ लाख २४ हजार ४ सय ९० राजस्व संकलन गर्‍यो ।
महानगरले चालु आव २०८०र८१ को लागि ३अर्ब २१ करोड ३५ लाख ४४ हजार बजेट विनियोजन गरेको थियो। विनियोजित बजेटमध्ये चालुतर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार र पुँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार छुट्याइएको थियो ।
महागरले बजेट तथा नीति कार्यक्रममा चालु आवमा आन्तरिक राजस्वबाट १ अर्ब २० करोड ४४ लाख ३० हजार संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here