राैतहट ।। रौतहट जिल्लाको माधव नारायण नगरपालिकाको वड़ा नम्बर ६ माधोपुरमा नगर प्रमुख बैजनाथ यादव बैजुले आज सोमबार एकै दिन २ वटा योजनाको शिलान्यास गरेका छन ! नगरपालिकाको भवन निर्माणको लागि नगर प्रमुख बैजुले निशुल्क दिनु भएको १२ कट्ठा जग्गामा निर्माण हुन लागेको नगरपालिकाको प्रशासकीय भवन तथा रामजानकी मन्दिरको जग्गामा निर्माण हुने बिबाह भवनको नगर प्रमुख बैजनाथ प्रसाद यादव र नगर उपप्रमुख निर्मला रमनले संयुक्त रुपमा शिलान्यास गरेका हुन !
दोस्रो स्थानीय तहको निर्वाचनमा नगर प्रमुखमा निर्वाचित भएमा आफ्नो निजी जग्गा नगरपालिकाको स्थायी भवन निर्माणको लागि दिने भनी जनता संग गरेको बाचा अनुसार माधव नारायण नगरपालिका वड़ा नम्बर ६ माधोपुरमा मुख्य सड़क संग जोडिएको करोड़ो मूल्य बरावरको जग्गा नगर प्रमुख यादवले गत वर्ष नगरपालिकाको नाउमा पास गरेका थिए ! आफुले दिएको जग्गामा नगरपालिकाको भवन निर्माणको शिलान्यास गर्न पाउदा हर्षित रहेको प्रतिक्रिया नगर प्रमुख यादवको रहेको छ !
आगामी निर्वाचन आउनु भन्दा पहिला नगरपालिका भवनको उदघाटन गर्ने लक्ष्य समेत रहेको उहाले बताए ! साढ़े तीन तल्ले निर्माण हुने प्रशासकीय भवनको निर्माण गर्न एम् एस चाँदी देवी श्रीराम जेवि बिदुर नुवाकोट निर्माण कम्पनीले ११ करोड़ ८८ लाख ९२ हजार २९४ रुपैया ६३ पैसा कर सहित २०८२/१२/२६ सम्म निर्माण गर्ने गरी स्वीकार गरेको छ ! निर्धारित समयमा निर्माण कार्य संपन्न गरी जसरी भएपनि नगरपालिकालाइ भवन हस्तान्तरण गर्नु पर्ने मेयर यादवले बताए ! भवन निर्माणको कार्य सँगै विबाह भवनको निर्माण कार्य निर्धारित समयमा सक्नु पर्ने निर्माण व्यवसायिलाई निर्देशन समेत दिएका छन !
शिलान्यास कार्यक्रममा नगरपालिकाका निर्वाचित वड़ा अध्यक्ष , कार्यपालिका सदस्य , स्थानीय भर भलादमी , बुद्धिजीवी ,नागरिक समाजका अगुवा ,नगरपालिकाका कर्मचारी सहित स्थानीयहरुको उपस्थति रहेको थियो !