रौतहट ।। रौतहट जिल्लाको गौरमा जारी रहेको पालिका कप टी ट्वेंटी क्रिकेट प्रतियोगिता बिबादित भएको छ ! पालिका कप प्रतियोगिता अन्तर्गत आज भएको लीग चरणको अन्तिम खेलमा एम्पायरले गलत निर्णय दिएपछि पालिका कप विबादित बनेको हो !
माधव नारायण नगरपालिका र गौर नगरपालिका विच भई रहेको लीग चरणको अन्तिम खेलमा एम्पायरले गौर नगरपालिकाको पक्षमा आउट नभएको माधव नारायण नगरपालिकाका खिलाडीलाइ आउट भएको निर्णय दिएपछि आयोजक रौतहट जिल्ला क्रिकेट संघको विरुद्ध प्रदर्शन समेत गरिएको छ !
गौर नगरपालिकाले दिएको १०२ रनको लक्ष्य पूरा गर्नको लागि बल्लेबाजी गरी रहेका माधव नारायण नगरपालिकाका खिलाडीलाइ गलत तरीकाबाट आउटको निर्णय दिएकोले खेलबाट बाहिर भएको टीम मैनेजर अनुज झा ले बताएका छन ! बल र बल्ला बिच केहि सम्पर्क नभए पनि एम्पायरले कैच आउट को निर्णय दिए पछि माधव नारायणका समर्थकहरुले आयोजक सस्थाको विरुद्ध गौर चन्द्रनिगाहपुर सड़क खण्ड अवरुद्ध गरेर विरोध प्रदर्शन गरेको हो ! पहिलो मैच पराजित भएका गौर नगरपालिकालाइ फाइनल खेलमा पुर्याउने उदेश्यले आयोजक सस्थाले गलत निर्णय गरेको आरोप समर्थकहरुको रहेको छ !
माधव नारायण नगरपालिकाका क्रिकेट समर्थकहरुले क्रिकेट संघको विरुद्ध ठाउ ठाउमा विरोध प्रदर्शन गर्दै निर्णय सच्च्याउन मांग समेत गरेका छन ! समर्थकले क्रिकेट संघ खारिज गर , संघका पदाधिकारी मुर्दावाद , एम्पायर हाए हाए जस्ता नारा समेत लगाएका छन ! यस अघि ईशनाथ नगरपालिका संग भएको खेलमा आउट नभएको खिलाडीलाइ एम्पायरले आउटको निर्णय दीदा आलोचित बनेका थिए !

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here