काठमाडाैं ।। सत्तारूढ नेकपा (माओवादी केन्द्र) का नेता कालीबहादुर खाम पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार खामलाई नियन्त्रणमा लिएको हो । माओवादीका राष्ट्रिय सुरक्षा विभाग सदस्य रहेका खाममाथि व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ ।
खामलाई पक्राउ गरिएको एसपी नवराज अधिकारीले सेतोपाटीलाई जानकारी दिए ।
उनीमाथि २०६५ वैशाख १५ मा व्‍यापारी श्रेष्ठको हत्या गरेको आरोप छ। उक्त मुद्दामा उनी फरार रहँदै आएका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here