चितवन ।। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको पैसा अपचलन गरी फरार रहेका जीवि राईलाई नियन्त्रणका लागि सरकारले पूरै शक्ति परिचालन गरेको बताएका छन् । आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले राई छिट्टै पक्राउ पर्ने विश्वास व्यक्त गरे । गृहमन्त्री रविले भने, ‘‘काहीँकतै कसैलाई कानुनले जे भन्छ त्यही गर्ने हो । निर्दोष नफसोस् दोषी नउम्कियोस् भन्ने प्रधानमन्त्रीको निर्देशन छ । त्यहीअनुसार काम हुन्छ ।’’ प्रक्रियामा केही जटिलता भए पनि नतिजा आउने गरी काम गर्ने उनले दाबी गरे ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












