रौतहट ।। रौतहटमा सञ्चालन गरेको सशस्त्र प्रहरी परिवार महिला सङ्घले निःशुल्क स्वास्थ्य शिविरमा एक हजार चार सय दुई जनाले परीक्षण गराएका छन् । सीमा ईलाकामा बसोवास गर्ने जनसमुदाय र सशस्त्र प्रहरी बल नेपाल बीचको सम्बन्ध सुमधुर बनाई सीमा सुरक्षा, सीमापार अपराध तथा अवैध गतिविधि नियन्त्रणमा प्रभावकारिता ल्याउने हेतुले ‘सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत सीमामा सशस्त्र प्रहरीले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको थियाे । 
परोहा नगरपालिका वडा नम्बर ४ लौकाहामा भएको शिविरमा स्वास्थ्य परीक्षण, स्त्री तथा प्रसूति रोग, आँखा, दाँत नाक, कान, घाँटीलगायत अन्य रोगकाे परीक्षण भएकाे थियो ।
सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्यालको प्रमुख आतिथ्यमा सञ्चालन गरिएको स्वास्थ्य शिविर कार्यक्रममा मधेश प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष प्राब्दा सिंह शाह, परोह नगरपालिकाका नगर प्रमुख शेख वकिल, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, नेपाल भारत सीमासँग जोडिएका ४ वटा पालिकाका १३ वटा वडाका सीमा सहजीकरण समितिका अध्यक्ष तथा पदाधिकारीहरु र संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो । 

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here