रौतहट ।। दादुरा रुवेला खोप अभियानमा पालिका भित्रका सवै सरोकारवाहरु संग सहयोग गर्न माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ यादव बैजुले आग्रह गर्नु भएको छ ।
माधवनारायण नपा स्वास्थ्य शाखाको आयोजनामा पालिका स्तरीय खोप समन्वय समितिलाई दादुरा रुवेला खोप अभियानमा सम्बन्धी अभिमुखिकरण गोष्ठी कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु भएका नगर प्रमुख यादवले, दादुरा रुवेला जानलेवा एवम सरुवा रोग भएकोले यस रोगलाई सरकारले उन्मुलन गर्ने उदेश्यले संचालन गरेको अभियान अति महत्वपूण रहेकोले खोप अभियानलाई सवैले आआफ्नो स्तरबाट सहयोग गरि सफल बनाउ आग्रह गरे ।
कार्यक्रम माधवनारायण नगरपालिकाको सभा हलमा उपमेयर निर्मला देवी रमण वाडा अध्यक्षहरु शैलेन्द्र व्याहुत, रामविश्वास प्रसाद साह, राजकुमार यादव, नारेन्द्र सहनी, रामनरेश राय, दिलिप यादव, योगन्द्र महतो, रामकिशोर साह नपाका ईजिनियर नागेन्द्र यादव, पालिका भित्रका विद्यालयका प्रधानाध्यापक, अभियान नेपालका प्रतिनिधि, आरडिसी नेपालका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न भएको थियो ।
दादुरा रुवेला खोप रौतहट जिल्ला संचालनमा रहेको छ भन्ने माधवनारयाण नगरपालिकामा यही फागुन २७ गते देखि चैत्र १ गते सम्म सवै विद्यालयहरु र सवै स्वास्थ्य चौकीमा संचालन हुने स्वास्थ्य शाखा सहसंयोजक राजेश यादवले जानकारी गराए ।
दादुरा रुवेला खोप अभियानमा सवैलाई सहयोग गर्न मेयर यादवको आग्रह
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।