काठमाडौं ।। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निवास कोटेश्वर पुगेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा नयाँ गठबन्धन भएपछि देउवा नेपाल निवास पुगेका हुन् । पत्नी आरजु देउवासहित सभापति देउवा नेपाल निवास पुगेका हुन् । उनीहरूसँगै प्रमुख सचेतक रमेश लेखक पनि कोटेश्वर पुगेका छन् । प्रमुख सचेतक रमेश लेखकले नेपाललाई भेटेर परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताएका छन् ।
उनले सकारात्मक कुराकानी भएको समेत बताए । उनले भने, ‘छलफल सकारात्मक छ । यसलाई निरन्तरता दिन्छौँ ।’ अध्यक्ष नेपाल बिरामी भएर घरमै स्वास्थ्य लाभ गरिरहेका छन् ।
नेपाल निवासमा पत्नीसहित पुगे देउवा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।