बारा ।। ग्यास सिलिन्डर बिस्फोट हुँदा बाराको निजगढ नगरपालिकामा चार जना घाइते भएका छन् । निजगढ नगरपालिका–७ शहिद चोकस्थित रोहित वर्कशपमा ग्यास सिलिन्डर बिस्फोट हुँदा चार जना घाइते भएका हुन् ।
चोकमा रहेको वेल्डिङ गर्ने पसलमा वेल्डिङको लागि राखिएको ग्यास सिलिन्डर पड्किएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए। सो क्रममा चार जना घाइते भएकोमा उनीहरुलाई विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको उनले बताए ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको न्यौपानेले बताए । उनीहरुको नाम खुल्न बाँकी रहेको तथा घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here