काठमाडौँ ।। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लाेससपा)का वरिष्ठ नेता राजेन्द्र महतोले परित्याग गरेका छन्। सोमबार पत्रकार सम्मेलनमाफर्त मुक्ति आन्दोलनको घोषणा गर्दै उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। उनले जनताको मुक्तीका लागि एकल र छुटफुट रुपमा संभव नभएको भन्दै सबैले आफूले घोषणा गरेको मुक्ति आन्दोलनमा सहभागी हुन अपिल गरे। महतोले छुट्टै पार्टी बनाउने योजनाका साथ लोसपा छाडेका हुन् । उनले भने, ‘अबको आगामी क्रान्ति कुनै एक दल वा कुनै एक पिडित समुदायबाट सम्भव नै छैन तसर्थ बिद्यमान सम्पूर्ण परम्परागत पार्टीबाट माथि उठी, औपनिवेशिक चिन्तन सोचको प्रभावलाई तिलान्जली दिएर सम्पूर्ण उत्पीडित जनता जुटेर उठे हाम्रो देशको गौरवशाली बैभव प्राप्त गर्न सम्भव छ, यसको निम्ति यस नविन युगका नविन नेपाल निर्माण निम्ति युगिन अभियानमा सरिक हुन सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा सादर आह्वान गर्दछु ।’ प्रजातन्त्र पुनःस्थापन पछि सद्भावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका महतो पटक पटक मन्त्रीसमेत हुँदै आएका छन् । २०७२ सालमा संविधान जारी हुँदा आन्दोलनमा उत्रेका उनले संविधानले मधेसी जनताको भावना समेट्न नसकेको जिकिर गर्दै आएका छन्। उनले संविधानले स्वाभिमानलाई बोक्न नसकेको जिकिर गरेका छन् । ‘नेपालको संविधान २०७२ राजनीतिक सैद्धान्तिकी र वैचारिकी पश्चिमा ज्ञानसत्ताको जगमा जारी हुन पुग्यो । यसर्थ, वर्तमान नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र औपनिवेशीक छ, परशासीत छ, परनिर्भर छ र यसले आम नेपाली जनताको सत्व र स्वाभिमानलाई बोक्न सकेन र सक्दैन पनि, महतोले भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here