वीरगञ्ज ।। वीरगञ्ज महानगरपालिकाको केही स्थानमा कर्फ्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले महानगरपालिकाको केही स्थानमा सोमबार बेलुका ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको हो ।
पर्सा प्रहरीका अनुसार पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको हो ।
रौतहटको ईशनाथ नगरपालिकाको मोतिपुरमा भएको विवादले झडपको रूप लिनसक्ने भन्दै कर्फ्यु जारी भएको हो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।