काठमाडौं ।। आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजको पहिलो खेलमा नेपालले नामिबियालाई १३३ रनको झिनो लक्ष्य दिएको छ। खराब सुरुवात गरेको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाउँदै १३२ रन बनाएको हो । त्रिवि क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो। नेपालका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा नेपाल झिनो स्कोरमै खुम्चियो । नेपालका ब्याटर भीम सार्कीले सर्वाधिक ४४ रन बनाए। यस्तै गुल्सन झा २१, करन केसी १६, कुशल मल्ल १५ तथा पवन सर्राफले १२ रन जोडे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । नामिबियाका बलर जेरार्ड एरामसले नेपालका ५ विकेट लिए। ८.१ ओभर बलिङ गरेका उनले मात्र २८ रन खर्चेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here