राैतहट ।। राैतहटकाे सदरमुकाम गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहलाई ज्यान मार्न सुपारी लिइएको समाचार बाहिरिएको छ । बाराको बालएकता बिधालयका संचालक रुपेश सर्राफ हत्या प्रकरणमा पक्राउ परेका भारतीय सुटर सुजित सिंह संगको अनुसन्धानको क्रममा मेयर साहलाई हत्या गर्न सुपारी पाएको खुलासा भएको छ । बाराको बाल एकता बिधालयका संचालक रुपेशको हत्यामा मनोज गुप्ता, सुजित सिंह , अरुण यादव लगायतका अपराधहरु पहिला नै पक्राउ परे पनि सो हत्याको मुख्य अपराधी चन्चल पाण्डे रहेको र पाण्डेले नै हत्या गराउन सुपारीको आधी रकम लिएको खुलासा भएको छ । गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहको हत्याका लागि चन्चल पाण्डे सङ नै ३६ लाखमा डिल भएको स्रोतले जानकारी दिएको छ । पक्राउ परेका अपराधी चन्चल पाण्डे सङको पुछताछमा मेयर साहलाई हत्या गर्न सुपारी दिने मुख्य नाइकेको खुलासा हुने सम्भावना भने बढेको छ । मेयर साहलाई हत्या गर्न योजना सहित सुपारी दिएको कुराले गौर नगरबासी अचम्मित बनेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here