काठमाडाैं ।। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको हिँउदे अधिवेशन आह्वान गरेका छन् । यही माघ २२ गते अपराह्न ४ बजे बस्ने गरी संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेका हुन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।