काठमाडाैं ।। यु- १९ एकदिवसीय विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ। समूह ‘डी’ अन्तर्गतकाे दोस्रो खेलमा नेपाल पहिलो जितको प्रयासमा पाकिस्तानविरुद्ध मैदान उत्रिँदा पाकिस्तान लगातार दोस्रो जितसहित सुपर सिक्स पुग्ने लक्ष्यमा रहेको छ। दक्षिण अफ्रिकास्थित इस्ट लन्डनको बफेलो पार्कमा केहीबेरपछि सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो भने पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो । त्यसैले नेपाल आज पाकिस्तान विरुद्ध २२ वर्ष अघिको इतिहास दोहाेर्याउने प्रयासमा हुने छ। विश्वकप क्रिकेटमा तीन पटक भिड्दा २००२ मा नेपालले पाकिस्तानलाई हराएको थियो । तर त्यसपछि २०१६ मा भएको भेटमा भने नेपाल पाकिस्तानसँग पराजित रह्यो। पहिलो पटक सन् २००० मा दुई टोलीबीचको भेट पक्का भएको भए पनि वर्षाले खेल बिथोलेको थियो । समूहका ४ मध्ये तीन टोली सपुर सिक्समा पुग्ने भएकाले नेपाल पाकिस्तानलाई हराएर आफ्नो सुपर सिक्सको दाबेदारी बलियो बनाउन चाहन्छ। समूहमा न्युजिल्यान्डले अफगानिस्तानलाई १ विकेटले हराएर लगातार दोस्रो जितसहित सुपर सिक्समा पुगेको छ । पाकिस्तान आजको खेलमा नेपाललाई पराजित गरेमा सुपर सिक्समा पुग्ने छ। यस्तो अवस्थामा शुक्रबार अफगानिस्तान र नेपालबीचको विजेता सुपर सिक्समा पुग्ने तेस्रो टोली बन्ने छ ।
यू–१९ विश्वकप : पाकिस्तानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।