काठमाडाैं ।। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब आधा किलो सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका २३ वर्षीय खगेन्द्र दर्जी रहेका छन् । उनलाई शनिवार पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले जानकारी दिए । उनका अनुसार दोहा हुँदै काठमाडौं आएका दर्जीको साथबाट ४ सय ९९ ग्राम सुन बरामद भएको छ । भन्सारमा अहिले सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरी परिचालनपछि सुन बरामद भएको यो पहिलोपटक हो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।