बारा ।। शिक्षकहरुको शान्तिपुर्ण आन्दोलनको क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका बाराको सिम्रौनगढका लक्ष्मी मुखिया बिनको परिवारलाई मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कृष्णप्रसाद यादवले नगद सहयोग गरेका छन् ।
मन्त्री यादवले बिनको परिवारलाई १ लाख २५ हजार नगद आर्थिक सहयोग गरेका हुन् ।
नेपाली कांग्रेस मधेस प्रदेश कार्य समितिका सभापतिसमेत रहेका मन्त्री यादवले सिम्रौनगढ नगरपालिका वडा नं १ मा रहेको बिनको घरमा पुगेर उनको परिवारलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
रकम हस्तानान्तरण गर्दै मन्त्री यादवले मधेश प्रदेश सरकारबाट थप ५ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।
गत मंसिर २७ गते आन्दोलनकारीसित भएको झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर सिम्रौनगढ नगरपालिका–१ का २५ वर्षीय युवक लक्ष्मी मुखिया बिनको मृत्यु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here