बारा ।। शिक्षकहरुको शान्तिपुर्ण आन्दोलनको क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका बाराको सिम्रौनगढका लक्ष्मी मुखिया बिनको परिवारलाई मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कृष्णप्रसाद यादवले नगद सहयोग गरेका छन् ।
मन्त्री यादवले बिनको परिवारलाई १ लाख २५ हजार नगद आर्थिक सहयोग गरेका हुन् ।
नेपाली कांग्रेस मधेस प्रदेश कार्य समितिका सभापतिसमेत रहेका मन्त्री यादवले सिम्रौनगढ नगरपालिका वडा नं १ मा रहेको बिनको घरमा पुगेर उनको परिवारलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
रकम हस्तानान्तरण गर्दै मन्त्री यादवले मधेश प्रदेश सरकारबाट थप ५ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।
गत मंसिर २७ गते आन्दोलनकारीसित भएको झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर सिम्रौनगढ नगरपालिका–१ का २५ वर्षीय युवक लक्ष्मी मुखिया बिनको मृत्यु भएको थियो।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here