रौतहट ।। कटहरिया नगरपालिकामा लागेको ताला १० दिनपछि खुलेको छ। नगरप्रमुख अजयप्रकाश जैसवालले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि उपप्रमुखसहितको आन्दोलनरत पक्षले ताला खोलेको हो ।
जैसवालमाथि करोडौँ रुपैयाँ भ्रष्टाचारको आरोप लगाउँदै गत पुस २३ गते कटहरिया नगरपालिकामा तालाबन्दी गरेर उपप्रमुखको नेतृत्वमा अन्य जनप्रतिनिधिले तालाबन्दी गरेका थिए।​ जैसवालले आगामी १६ गते हुने नगरकार्यपालिका बोर्डको बैठकमार्फत् माग पूरा गराउने प्रतिबद्धता जनाएपछि उनीहरू सहमत भएका हुन् ।
नगरकी उपप्रमुख रितादेवी यादव, वडा नम्बर २ का अध्यक्ष भूपेन्द्र कुशवाहा, ४ का अध्यक्ष चन्दन कुशवाहा, ५ का अध्यक्ष सर्फलाल गुप्ता,७ का अध्यक्ष शहीद मियाँ, कांग्रेस नगर सभापति शम्भु यादव, कार्यपालिका सदस्य जामुन ठाकुर, पूर्ववडाध्यक्ष उमेश यादव, वाल्मीकि यादव, हरेन्द्र यादव लगायतले आठ बुँदे माग राखी गत पुस २३ गते नगरपालिकामा ताला लगाएका थिए ।
नगरप्रमुख जैसवालले प्रतिबद्धता जनाएअनुरूप कार्यपालिका बैठकमार्फत माग पूरा नभए अबको आन्दोलन थप कडा हुने चेतावनी उनीहरूले दिएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here