काठमाडौं ।। नेपाल क्रिकेट संघ(क्यान) ले क्रिकेटर सन्दीप लामिछाने निलम्बन गरेको छ । बलात्कारमा दोषी ठहर सन्दीपलाई अदालतले आठ वर्षको कैद सजाय सुनाएपछि विहिबार क्यानले घरेलु र अन्तर्राष्ट्रिय खेलबाट निलम्बन गरेको हो । न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार सन्दीपलाई आठ बर्ष कैद सजाय र ५ लाख क्षतिपूर्ति भराउने आदेश गरेको थियो । पीडित गौशाला– २६ ले २०७९ भदौ २१ गते सन्दीपविरुद्ध गौशाला प्रहरी कार्यालयमा दिएको उजुरीमा यही पुस १३ गते न्यायाधीश ढकालको एकल इजालसले सन्दीपलाई दोषी ठहर गरेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here