बारा ।। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपालमा अब राजतन्त्र फर्कने सम्भव नभएको बताएका छन्। सोमबार बाराको परवानीपुर गाउँपालिका -५ बहुवरीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने,’यो देश राजामहाराजाको देश होइन । जनताको देश हो ।अब राजा आउने कल्पना नगरे हुन्छ ।’ राजतन्त्र वा राजा फर्केर आउने कुनै सम्भावना नरहेको उनले जिकिर गरे । उनले देशमा भ्रष्टाचारविरुद्ध नेकपा एकीकृत समाजवादी र नेकपा माओेवादी एकसाथ मिलेर अगाडि बढेको बताए । उनले भने,’देशलाई समृद्धिको बाटोमा लैजान एकीकृत समाजवादी र माओवादीको विकल्प नै छैन । नेपालले युवाको विदेश पलायन रोक्न देशभित्रै कृषिको आधुनिकीकरण र व्यवसायिकरण गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा विभिन्न दल परित्याग गरी एक सय बढी नेता कार्यकर्ता नेकपा एस प्रवेश गरेका थिए । स्राेत- अन्नपूर्णा पाेष्ट

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here