जनकपुरधाम ।। राष्ट्रिय सभाको निर्वाचनका लागि मधेस प्रदेशमा सत्तारूढ गठबन्धनका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस नेता आनन्द प्रसाद ढुंगाना र जनता समाजवादी पार्टी (जसपा) बाट पूजा चौधरीले राष्ट्रिय सभामा उम्मेदवारी दर्ता गराएका हुन्।
उनीहरुले एकैसाथ जनकपुरस्थित मधेस प्रदेश निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराए ।
ढुंगाना पूर्व सांसद हुन् । उनी यसअघि चारपटक सांसद भइसकेका छन् । सदनमा छिर्ने यो उनको पाँचौं प्रयास हो ।
पूजा चौधरी भने गएको निर्वाचनमा प्रदेशसभा सदस्यमा पराजित भएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here