काठमाडाैं ।। टी–२० सिरिजको दोस्रो खेलमा भारतीय महिला टोली अष्ट्रेलियासँग ६ विकेटले पराजित भएको छ । यो जितसँगै ३ खेलको सिरिजमा १–१ को बराबरी भएको छ । सिरिजको तेस्रो र निर्णायक खेल जनवरी ९ मा डीवाई पाटिल स्टेडियममा हुनेछ । आइतबार अष्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । टस हारेर पहिले ब्याटिङ गर्न आएको भारतीय टोलीले २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो । अष्ट्रेलियन टोलीले १९ ओभरमा ४ विकेट गुमाएर १३१ रनको लक्ष्य पुरा गरेको थियो । भारतीय अलराउन्डर दीप्ती शर्माको दोहोरो प्रदर्शनका बाबजुद पनि भारत पराजित भएको हो । दीप्तीले २७ बलमा ३० रनको महत्वपूर्ण इनिङ खेल्दै टोलीको स्कोर १३० रनमा पुर्याएकी थिइन् । बलिङमा मध्य ओभरमा २ विकेट लिएर दबाब सिर्जना गरेपनि टोलीलाई जित दिलाउन सकिनन् । अष्ट्रेलियाकी ब्याट्सम्यान एलिस पेरीले अविजित ३४ रनको इनिङ खेलिन् । कप्तान एलिसा हेलीले २६ रन बनाइन् । बेथ मुनीले २० रनको योगदान दिएकी थिइन् । भारतका लागि दीप्ती शर्माले २ विकेट लिएकी थिइन् । श्रेयांका पाटिल र पूजा वस्त्रकारले एक–एक सफलता हात पारे । टस हारेर ब्याटिङमा आएको भारतीय टोलीले अस्ट्रेलियालाई १३१ रनको लक्ष्य दिएको थियो । टोलीका तर्फबाट अलराउन्डर दीप्ती शर्माले ३० रनको इनिङ खेलिन् । ओपनर स्मृति मन्धाना र विकेटकिपर ऋचा घोषले २३–२३ रन जोडिन् । अष्ट्रेलियाका किम गार्थ, अन्नाबेल सदरल्याण्ड र जर्जिया वेयरहामले समान २–२ विकेट लिए । एस्ले गार्डनरले एक विकेट लिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here