बारा ।। बाराको कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक रुपेश स्वर्णाकारको हत्याका मुख्य सुटर आरोपीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ । बाराको विश्रामपुर गाउँपालिका ३ बाट गए राति ३२ वर्षीय सुजित सिंहलाई गोली हानेर पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए । पक्राउ परेका सिंह भारतको बिहार मोतीहारी जिल्लाको बासिन्दा हुन् । भाग्न खोजेका उनलाई खुट्टामा गोली प्रहार गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधीराम न्यौपानेले जानकारी दिए । गोली लागेर घाइते सिंहको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ । सिंह चारजनाको समूहमा नेपाल छिरेको गोप्य सूचनाको आधारमा प्रहरीले पछ्याएको थियो । अन्य तीनजना भने फरार भएका छन् । उनीहरुको खोजतलास जारी रहेको डिएसपी न्यौपानेले बताए । प्रिन्सीपल स्वर्णकारको गत १३ कात्तिकमा स्कुलनजिकै मदरसा टोलमा टाउको र छातीमा गोली हानेर हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पाँचजनालाई घटनाको तीनदिनपछि पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here