सिरहा ।। प्रहरीले सिरहाको धनगढीमाई नगरपालिका ८ चियाबारीमा अवैध रुपले लगाइएको करिब पाँच कठ्ठा खेतको गाँजा फडानी गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंगलबार धनगढीमाई नगरपालिका ८ चियाबारी टोलका स्थानीयले आफ्नो आँगन, करेसाबारी र खेतबारीमा गरी करिब पाँच कठ्ठा क्षेत्रफलमा लगाएको गाँजा फडानी गरी नष्ट गरिएको हो ।
अस्थायी प्रहरी पोष्ट कसहाबाट प्रहरी सहायक निरीक्षक यज्ञबहादुर भट्टराई र इलाका प्रहरी कार्यालय सिरहाबाट प्रहरी नायव निरीक्षक शारदा शंकर साहको कमाण्डमा खटिएको प्रहरी टोलीले करिब चार हजार गाँजाको बोट फडानी गरी जलाएर नष्ट गरिएको प्रहरीले जनाएको छ ।
त्यसअघि मंसिरको अन्तिम र पुसको पहिलो साता प्रहरीले कर्जन्हा, मिर्चैया, सिरहा, लहान, धनगढीमाईमा गरी करिब १० कठ्ठा जग्गामा लगाएको गाँजा फडानी गरी नष्ट गरेको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।