एजेन्सी ।। भारतमा गाँजा तस्करीको आरोपमा पक्राउ परेका दुई नेपालीमध्ये एक जना भागेका छन्। बिहार प्रहरीले करिब आठ किलो गाँजासहित पर्साका सुदर्शन साह र लालबाबु ठाकुरलाई पक्राउ गरेको थियो। ‘दुई जनलाई मोतिहारीमा अदालतसामु उपस्थित गर्नका लागि लैजाँदै गर्दा सगौलीमा दुईजना भागेका थिए । उनी फरार भएपछि चार जना प्रहरी अधिकारी निलम्बनमा परेका छन् । भागेकामध्ये लालबाबु भने फेला परे पनि साह भने भाग्न सफल भए। बिहार प्रहरीले सब इन्स्पेक्टर अकसम अनसारी र हरेकृष्ण सिंह यादव तथा कन्सटेबलद्वय चन्दन कुमार र शालिग्रामलाई निलम्बन गरेर अनुसन्धान गरिरहेको छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।