काठमाडौं ।। प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० प्रतियोगितामा एपीएफले मधेसमाथि रवाफिलो जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा एपीएफले मधेसलाई १० विकेटले पराजित गरेको हो। ४१ रनको झिनो लक्ष्य एपीएफले ५.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो। एपीएफका लागि कप्तान सीता राना मगरले अविजित १९ र ज्योति पान्डेले १६ रन बनाइन् ।
पहिले ब्याटिङ गरेको मधेशले १९.२ ओभरमा ४० रनमा अलआउट भयो। मधेशका लागि प्रतिमा साहले १५ रन बनाइन् । ५ खेलाडीले दोहोरा अंक बनाउन सकेनन् । ४ खेलाडी डगआउट भए ।
एपीएफका लागि सीता राना मगरले ३ तथा रेखा रावल र करुणा भण्डारी २–२ तथा इन्दु बर्माले १ विकेट लिए ।





