एजेन्सी ।। परिवारमा सधै हाँसीखुसी छ, मेलमिलाप छ, प्रेमिलवातावरण छ । एकअर्काले मर्यादा पालना गरेका छन् । आपसमा सहयोग आदनप्रदान हुन्छ । हरेक समस्या वा अप्ठ्याराहरुमा सबैको साथ र सहयोग रहन्छ । सबैजना एकसाथ खाना खान्छन् । रमाइलो गर्छन् । चाडपर्व, उत्सव र जमघटमा सबैको सहभागिता रहन्छ र परिवारका सदस्यहरुले आ(आफ्नो काम वा जिम्मेवारी सम्हालेका छन् । हजुरबा–हजुरआमाप्रति सबैको श्रद्धाभाव छ । बालबच्चाप्रति सबैको प्रेम छ । यस्तो परिवारले सुख खोज्न अन्त जानुपर्दैन । घर नै उनीहरुका लागि स्वर्ग हो । पौराणिक शास्त्रहरुमा भनिएको छ, परिवार सुख नै सर्वोच्व हो । हुनपनि परिवारमा सुख र मेलमिलाप छ भने जस्तोसुकै समस्याले पनि विचलित बनाउँदैन । परिवारको सुख यस्तो शक्ति हो, जसले हरेक सदस्यलाई सधै हँसिलो राख्छ । जाँगरिलो बनाउँछ । स्फूर्ति र उमंग कायम राख्छ । जब हाम्रो परिवार मर्यादित हुन्छ,उत्तरदायी हुन्छ, सुखी हुन्छ, खुसी हुन्छ, तब हाम्रा सबै दुःख, कष्ट, पीडा, अभाव नष्ट हुन्छ । त्यसैले हामी जहिले पनि परिवारसँग एकाकार भएर नै जीवनको सर्वोच्व खुसी खोज्ने हो । हरेक घरको आफ्नै संस्कार हुन्छ, चालचलन हुन्छ । त्यही संस्कारले नै परिवारलाई मर्यादित बनाउने हो ।
अक्सर हजुरआमा, हजुरबाले आफ्ना सन्ततीलाई पारिवारिक संस्कारको पालना गराउँथे । उनीहरुले आफुले हासिल गरेको परिपक्क सीप, ज्ञान, अनुभव बाँकी पुस्तामामा बाढ्थे । परिवारलाई एकढिक्का बनाउनका लागि महिलाको खास भूमिका रहन्छ । पारिवारिक धर्मले पनि सबै सदस्यलाई मर्यादित जीवन जिउनका लागि प्रेरित गर्छ । धर्मले मान्छेलाई विनम्र बनाउँछ । विनम्रताले एकअर्कामा सम्मान भाव पैदा गर्छ । एकअर्कामा गरिने आदर सम्मानले परिवारलाई सुखी तुल्याउँछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here