सुनसरी।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४०० केभी क्षमताको इनरुवा सब स्टेसनको उद्घाटन गरेका छन्। बिहीबार विराटनगर पुगेका प्रधानमन्त्री दाहालले शुक्रबार बिहान १० बजेतिर सुनसरीको इनरुवामा सब स्टेसनको उद्घाटन गरेका हुन् ।
प्रधानमन्त्री दाहाल आज मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुँदैछन् ।
आज दिउँसो प्रधानमन्त्री दाहालले मोरङको मिक्लाजुङ जाने कार्यक्रम रहेको छ। त्यहाँ मिक्लाजुङ गाउँपालिका पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
दिउँसो मोरङ व्यापार संघ एक्स्पोको उद्घाटन गरेर प्रधानमन्त्री आजै साँझ काठमाडौं फर्कनेछन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।