जनकपुरधाम ।। धनुषाको हंसपुर नगरपालिका–५ मा दुई समूहको विवादपश्चात एक जनाको मृत्यु भएको विषयलाई लिएर स्थानीयले प्रहरी चौकी तोडफोड गरेका छन् ।
ठूलो संख्यामा आएका स्थानीयले प्रहरी चौकी तोडफोड गर्न थालेपछि स्थिति तनाव ग्रस्त बनेको छ । प्रदर्शनकारीहरूले ढुंगामुढासमेत गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।
प्रहरीको गोली लागेर प्रदर्शनकारी शिवशंकर मण्डल घाइते भएका छन् । एमाले कार्यकर्ता मण्डललाई उपचारका लागि अहिले जनकपुरधाम लगिएको छ । हंसपुर नगरपालिका–५ का शंकर ठाकुरको छोरा र अरुण मण्डलको छोराबीच झगडा हुँदा छिमेकी दीपा मण्डल छुट्याउन पुगेका थिए । ६५ वर्षीय मण्डल नै कुटिएर घाइते भएपछि अस्पताल लगिएको थियो ।
हंसपुरका मेयर प्रदीप यादवका अनुसार टाउको कसले फोड्यो थाहा भएन । उनको मृत्यु उपचारका क्रममा भएको हो । मण्डलको मृत्यु प्रहरीले कुटेर भएको भन्दै स्थानीयले प्रहरी चौकी तोडफोड गरेको बताउँदै मेयर यादवले भने, गाउँलेले प्रहरीमाथि आरोप लगाएपनि यसको पुष्टि भएको छैन । यो रातिको घटना हो ।’
उनका अनुसार मृतक मण्डलको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ । धनुषाका प्रहरी प्रमुख एसपी मित्रबन्धु शर्माले चोरीको विषयमा दुई पक्षबीच विवाद भएपछि एकजनाको मृत्यु भएको र सोही विषयलाई लिएर स्थानीयले प्रहरी चौकी तोडफोड गरेको बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here