जनकपुर ।। मधेस प्रदेश सरकारले चिकित्सक, नर्सलगायत पदमा १६० जनशक्ति माग गरेको छ । मातहतका प्रादेशिक अस्पतालमा रिक्त स्वास्थ्यकर्मी करार सेवामा पदपूर्तिका लागि मधेस प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले बिहीबार विज्ञापन आह्वान गरेको छ ।
निर्देशनालयले सबैभन्दा धेरै २८ मेडिकल अधिकृत माग गरेको छ । त्यसैगरी, जनरल फिजिसियन, डेन्टल अधिकृत, अर्थोपेडिक सर्जन, एमडिजीपी र जनरल सर्जन १०/१० जना माग गरिएको छ ।
नर्सिङ अधिकृत, फार्मेसी अधिकृत, फिजियोथेरापिस्ट, डेन्टल सर्जन, यौन तथा छाला रोग विशेषज्ञ ६/६ जना माग गरिएको छ ।योग्य नेपाली नागरिकले १५ दिनभित्र आवेदन दिन सक्ने जनाइएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here