काठमाडौं ।। न्याय परिषद्ले यस वर्षको उत्कृष्ट न्यायाधीशबाट उच्च अदालत जनकपुर र जिल्ला अदालत काठमाडौंका एक/एक न्यायाधीशलाई सम्मान गरेको छ।
परिषद्ले यो वर्ष उत्कृष्ट न्यायाधीशको रुपमा उच्च अदालत जनकपुरका न्यायाधीश किरणकुमार पोखरेललाई सम्मान गरेको हो।
त्यस्तै जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजेन्द्रकुमार आचार्यलाई पनि सम्मान गरिएको छ। उनीहरुले यो आर्थिक वर्षमा उत्कृष्ट न्याय सम्पादन गरेको भन्दै परिषद्ले सम्मान गरेको हो ।
प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले उनीहरुलाई सम्मान गरेका हुन्। न्याय परिषद् दिवसको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here