काठमाडौं ।। हालसालै मध्यपहाडी राजमार्गकेन्द्रित अभियान सकेको नेकपा एमालेले अब हुलाकी राजमार्गकेन्द्रित यात्रा गर्ने जनाएको छ ।
मंगलबार विराटनगरमा नेकपा एमाले मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले उक्त योजनाबारे जानकारी दिएका हुन् ।
‘मध्यपहाडी यात्रा अभूतपूर्व रुपमा सफल भयो, यसबाट हामी उत्साहित छौं’, उनले भने, ‘अब पार्टीले हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने निर्णय गर्छ ।’ उनले हुलाकी राजमार्गकेन्द्रित यात्राको मिति भने खुलाएनन् ।
नेकपा एमालेले गत मंसिर १४ गतेदेखि पुस ३ गतेसम्म बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी राजमार्ग केन्द्रित अभियान चलाएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here