काठमाडौं ।। नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन् ।
आइतबार साँझ सामाजिक संजालमा नेपाल र यादवसँगको छुट्टाछुट्टै तस्विर शेयर गर्दै नेता प्रकाण्डले यसबारे जानकारी दिएका हुन् । भेटमा तिन बुँदे सहमतिको कार्यान्वयन र समाजवादी मोर्चाको आगामी कार्यक्रमबारे छलफल बताए । जिल्ला अदालत काठमाडौंले मंसिर १८ गते राज्यविरुद्धको कसूरमा उनीसहित महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाईसमेत पक्राउ पूर्जी जारी गरेको थियो ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न उनि बालुवाटार पुगेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।