काठमाडौं ।। एसिसी यू–१९ एसिया कपको दोस्रो खेलमा नेपाल ७३ रनले अफगानिस्तानसँग पराजित भएको छ। टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा अलआउट हुँदै १ सय ८८ रनमा समेटियो। हारसँगै नेपाल प्रतियोगिताबाट लगभग बाहिरिएको छ।
नेपालका लागि ओपनर अर्जुन कुमाल बाहेक कुनैपनि खेलाडी टिक्न सकेनन्। कुमालले गतिलो साथ नपाउँदा अन्तिमसम्म उनले एकछेउबाट इनिङ समालेका थिए। कुमाल १०८ बलमा १३ चौकाको सहयोगमा ९१ रन बनाएर अन्तिम विकेटका रुपमा आउट भए। उनी बाहेक थप दोहोरो स्कोरका रुपमा कप्तान देव खनालले २४ रन तथा गुल्सन झाले १७ रन, दिपक बोहराले १५ रन र दिपेश कँडेलले ११ रन बनाए। अन्य कुनैपनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।
अफगानिस्तानका लागि फरिदोन दउडजाई र नसिर खान मरुफखिलले समान ३–३ विकेट लिंदा मोहम्मद योनुसले २ तथा वाहिदुल्ला जाद्रान र खलिल अहमेदले १–१ विकेट लिए।
त्यसअघि अफगानिस्तानले जम्सिद जाद्रानले १०६ रनको शतकीय इनिङमा नेपाललाई उच्च लक्ष्य प्रस्तुत गरेको थियो। अफगानिस्तानका लागि नुमन साहले ६० रन बनाउँदा रहिमुलाह जुरमाथीले ३५ रनको योगादान दिएका थिए। त्यस्तै वफिउल्लाह तरखिलले १५ रन बनाउँदा खालित तनिवालले १० रन बनाए।
नेपालका लागि हेमन्त धामी, गुल्सन झा र सुवास भण्डारीले २–२ विकेट लिंदा आकाश चन्द, दिपेश कँडेलको नाममा समान १-१ विकेट रह्यो। यसअघि नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here