मुम्बइ ।। बलिउड अभिनेता अजय देवगन घाइते भएका छन्। उनी ‘सिंघम अगेन’ को छायांकन सेटमा घाइते भएका हुन् ।
उनी मुम्बईमा एक एक्सन सिन सुट गरिरहेका थिए। त्यतिबेला उनको आँखामा चोट लागेको भारतीय सञ्चारमाध्य टाइम्स अफ इन्डियामा उल्लेख छ।
चोट लागेपछि अजयले फिल्मबाट ब्रेक लिएका छन्। तर निर्देशक रोहित शेट्टी फिल्मको छायांकन गरिरहेका छन् । अजय छिट्टै फिल्म छायांकनमा फर्किने बताइएको छ।
फिल्ममा अजय देवगनको मुख्य भूमिका रहने छ भने रणवीर सिंह र अक्षय कुमार केमियो भूमिकामा देखिनेछन् ।
यो रोहित शेट्टीको कप युनिभर्सको पाँचौ फिल्म हो। यसअघि उनको कप युनिभर्सको फिल्म ‘सिंघम, सिंघम रिटर्न्स, सिम्बा र सूर्यवंशी’ प्रदर्शन भइसकेका छन् । ‘सिंघम’ सन् २०११ मा प्रदर्शन भएको थियो। फिल्ममा अजयसँगै काजल अग्रवालको मुख्य भूमिका थियो। यो फिल्म सन् २०१० मा आएको तमिल फिल्म ‘सिंघम’ को हिन्दी रिमेक हो ।
२०१४ मा ‘सिंघम रिटर्न्स’ प्रदर्शन भएको थियो। फिल्ममा अजयसँगै करीना कपूर खानको मुख्य भूमिका थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here