काठमाडाैं ।। नेपाल वायुसेवा निगमको अध्यक्ष युवराज अधिकारीलाई हटाउन माग गर्दै कर्मचारीहरूले आन्दोलन गरेका छन् ।
तीन करोड नेपाली जनताको साझा सम्पत्ति राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई डुबाउन खोजेको भन्दै वायुसेेवा निगम कर्मचारी संघले आन्दोलन गरेका हुन् ।
आइतबार निगमको कार्यालयमा कर्मचारीहरूले अध्यक्षलाई प्रवेश निषेध गरिएको संघका अध्यक्ष मान बहादुर कुँवरले बताए। उनका अनुसार संघले अध्यक्ष अधिकारीको बहिर्गमन किन भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बोधार्थ दिएको छ।
निगमको आम्दानीको प्रमुख स्रोत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको (ग्राउन्ड ह्यान्डलिङ) भूमिस्थ प्रबन्ध सेवा जोगाउन नसकेको भन्दै बहिर्गमको माग गरेका हुन् ।





