काठमाडौँ ।। मेडिकल व्यवसायी दुर्गा प्रसाईंका स्वकीय सचिव विना योञ्जन थापासहित प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रसाईंका १५ जना समर्थकलाई पक्राउ गरेको हो । सोमबार काठमाडौंको गौशालामा भएको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा भएको थियो । पक्राउ पर्नेमा आफूलाई धार्मिक गुरु बताउने श्रीनिवास आचार्यसहित प्रसाईंका स्वकीय सचिव विना योञ्जन थापा, भोजराज तमिल्सिना, निकेश बास्तोला, हरि बिशुङ्खे, दीपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, यदुनाथ सिग्देल, राजु तामाङ, उबहादुर रिजाल, युभिन श्रेष्ठ, सुजन, खड्का, दिपेश खड्का, मेहरमान बस्नेत छन् । उनीहरुलाई गौशालासहित विभिन्न ठाउाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रसाईंको आह्वानमा केहीदिनदेखि काठमाडौंमा प्रदर्शन हुँदै आएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here