काठमाडौं ।। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले सोमवार गौशालामा गरेको विरोध प्रदर्शनमा झडप भएको छ ।
प्रदर्शनकारीहरुले धर्मगुरु श्रीनिवास आचार्यको नेतृत्वमा गौशालाको मुल सडक कब्जा गर्दै प्रदर्शन गरेका थिए । तर, सडक अवरोध हटाउन प्रहरीले बल प्रयोग गरेपछि प्रहरी र प्रसाईं समर्थकबीच झडपको स्थिति सिर्जना भएको छ ।
प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरीले केहीलाई पक्राउ गरेको छ । आन्दोलनकारी तितरबितर भएका छन् ।
पक्राउ पर्नेमा धर्मगुरु आचार्य श्रीनिवास पनि छन् । त्रिशूलसहित सडकमा निस्किएका उनलाई उग्र अभिव्यक्ति दिएर उत्तेजना फैलाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनको क्रममा श्रीनिवासले सडकमै सुतेर विरोध जनाएका थिए ।
प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरीले केहीलाई पक्राउ गरेको हो । आन्दोलनकारी तितरबितर भएका छन् । अहिले त्यहाँको अवस्था शान्त रहेको प्रहरीको भनाइ छ ।
प्रहरी र प्रसाईं समर्थकबीच झडप,आचार्य श्री निवास पक्राउ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।