सिन्धुली ।। सिन्धुली कारागारमा एक जना थुनुवाको मृत्यु भएको छ । कारागारभित्र देउसी खेलेपछि खाना खाएर सुतेका दुधौली नगरपालिका-१० का ३० वर्षीय विमल थापाको मृत्यु भएको हो । बुधबार राति खाना खाएर सुतेका थापा बिहीबार बिहान बेहोस अवस्थामा भेटिएका थिए ।
बेहोस अवस्थामा भेटिएका थापालाई उपचारका लागि सिन्धुली जिल्ला अस्पताल पुर्याइएको थियो । तर, अस्पताल पुर्याउना साथ चिकित्सकले थापालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए । थापाको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको छ ।
पोष्टमार्टमको रिपोर्ट आएपछि थप अनुसन्धान सुरु गरिने डीएसपी दाहालले बताए । प्रहरीका अनुसार थापा सवारी ज्यान मुद्दामा १७ असोजदेखि पुर्पक्षका लागि थुनामा थिए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।