रौतहट ।। रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवालले छठ पर्व गर्ने व्रतालु महिलालाई लुगा कपडासहित व्रत सामग्री वितरण गरेका छन् ।
गरुडा–८ जिङगडियास्थित मंगलबार मेयर जैसवालले १५१ जना स्थानीय व्रतालु महिलालाई छठ पर्वमा प्रयोग हुने सामाग्री वितरण गरेका हुन्
उनले आफू मेयरमा निर्वाचित हुनुअघि देखिनै व्रतालुलाई कपडासहित अन्य सामग्री वितरण गर्दै आएकाले अहिले पनि सोही कार्यलाई निरन्तरता दिएको बताए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।